समाचार कक्ष
8 समाचार

रास्वपा बागमती सभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश सभापति पदका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हेटौंडामा सुरु भएको पहिलो अधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि मतदान प्रक्रिया सुरू गर्न लागिएको हो । सभापतिमा निर्वाचित हुन उम्मेदवारले कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ । Source: onlinekhabar
२०२६-०६-०९झापा जिल्ला अधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम झापा जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा ओम भण्डारी, उपसभापतिमा पुष्पा ढकाल, सचिवमा विरोध सुबेदी तथा सहसचिवमा भीम कुँवर र जिल्लामा सदस्य डिल्ली राम र सन्ता माया नेउपाने निर्वाचित हुनुभएको छ। उहाँहरूको सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु। त्यसैगरी, निर्वाचन क्षेत्र नं. १ को सभापतिमा कमल गौतम, क्षेत्र नं. २ मा गोपाल कटुवाल, क्षेत्र नं. ३ मा कमल बनियाँ, क्षेत्र नं. ४ मा लीला बस्नेत घिमिरे तथा क्षेत्र नं. ५ मा विवेक पाठक निर्वाचित हुनुभएकोमा पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। नयाँ नेतृत्वले पार्टी संगठनलाई अझ सुदृढ, गतिशील र जनमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु।
२०२६-०६-०७बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । सम्पन्न भएका अधिवेशनबाट निर्वाचित सम्पूर्ण जिल्ला कार्यसमितिलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना । ९ जिल्लाका निर्वाचित जिल्ला सभापतिहरूको सूची काठमाडौंः राजा शाक्य भक्तपुरः रामेश्वर बस्नेत काभ्रेपलाञ्चोकः प्रबिन ढकाल सिन्धुलीः अविनाश बस्नेत रामेछापः रमेश रायमाझी दोलखाः दिनेश बस्नेत नुवाकोटः रामेश्वर गजुरेल धादिङः राजन अर्याल मकवानपुरः सन्जिव पाठक चितवन, रसुवा र ललितपुरमा आज हुँदैछ । सिन्धुपाल्चोकमाः हिजो सुरू भएको अधिवेशन विविध कारणले स्थगित
२०२६-०६-०७कोशी प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । सम्पन्न भएका अधिवेशनबाट निर्वाचित सम्पूर्ण जिल्ला कार्यसमितिलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना । सुनसरीः सागर दाहाल झापाः ओम भण्डारी ताप्लेजुङः राजन कुमार गुरुङ मोरङः भरत कडेल तेह्रथुमः सुमन खत्री भोजपूरः ख्याम बहादुर भुजेल सुनसरीः सागर दाहाल संखुवासभाः भक्त नारायण श्रेष्ठ ओखलढुंगाः कृष्णबहादुर थापा धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र ईलाममा आज हुँदैछ
२०२६-०६-०७
सर्लाही जिल्लाको अधिवेशन स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टी, मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको प्रथम जिल्ला अधिवेशन प्राविधिक तथा व्यवस्थापकीय कारणवश पूर्वनिर्धारित मितिमा सञ्चालन हुन नसक्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी सम्पूर्ण पार्टी सदस्य, प्रतिनिधि तथा शुभेच्छुकहरूमा गराइन्छ। अधिवेशनको नयाँ मिति, समय तथा स्थान सम्बन्धी जानकारी यथाशीघ्र आधिकारिक माध्यममार्फत सार्वजनिक गरिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय विज्ञान सूचना तथा सञ्चार प्रविधि विभागका सदस्य अर्चना झा 🙏
२०२६-०६-०७
सोलुखुम्बुको प्रथम अधिवेशन सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको प्रथम अधिवेशन सम्पन्न यस्तो छ समिति सभापति : नारायण काजी कार्की उपसभापति : पासाङ शेर्पा सचिव : रमेश कुमार बस्नेत सह सचिव : टेक बहादुर श्रेष्ठ काेषाध्यक्ष: जस बहादुर राई (छिरिङ) सदस्यहरु : धन बहादुर वि.क लेमी लामा शेर्पा जिकु शेर्पा पुष्पलता बास्तोला र रेखा श्रेष्ठ
२०२६-०६-०७
रास्वपा खोटाङको जिल्ला अधिवेशनबाट निर्वाचित
रास्वपा खोटाङको जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरू: सभापति: मुकुन्द कृष्ण थापा उपसभापति: गोविन्द भुजेल सचिव: पर्शुराम थापा ‘आशिष’ सहसचिव: राजन अधिकारी कोषाध्यक्ष: तारा दाहाल सदस्यहरू: अन्य निर्वाचित सदस्यहरू
२०२६-०६-०७आगामी प्रदेश अधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूको प्रदेशगत जिम्मेवारी सम्बन्धमा
केन्द्रीय निर्वाचन आयोगको निर्णयअनुसार आगामी प्रदेश अधिवेशनको समन्वय, सहजीकरण तथा प्रदेश निर्वाचन आयोग गठनपूर्व आवश्यक सहयोगका लागि आयोगका सदस्यहरूलाई देहायबमोजिम प्रदेशगत जिम्मेवारी तोकिएको जानकारी गराइन्छः प्रदेश जिम्मेवार सदस्य सम्पर्क नं. कोशी प्रदेश श्री नारायण प्याकुरेल ९८५१६१८७४४ मधेश प्रदेश श्री कुमार आनन्द मिश्र ९८०३४०९०८० बागमती प्रदेश श्रीमती सुमित्रा पण्डित ९८५६०१५११२ गण्डकी प्रदेश डा. राय गुरुङ ९८४६०३३३२९ लुम्बिनी प्रदेश श्री गोकुल सापकोटा ९८५११२६३५१ कर्णाली प्रदेश श्री बी.पी. दाहाल ९८४११८३९४४ सुदूरपश्चिम प्रदेश श्री निश्चल सिंह भण्डारी ९८४९५९०८९९ तसर्थ, सम्बन्धित प्रदेश समितिहरूलाई अधिवेशन तथा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यमा तोकिएका आयोग सदस्यहरूसँग आवश्यक समन्वय, सहकार्य तथा सम्पर्क कायम गर्न अनुरोध गरिन्छ। केन्द्रीय निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी मिति: २०८३ जेठ १९ गते
२०२६-०६-०७