झापा जिल्ला अधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम झापा जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा ओम भण्डारी, उपसभापतिमा पुष्पा ढकाल, सचिवमा विरोध सुबेदी तथा सहसचिवमा भीम कुँवर र जिल्लामा सदस्य डिल्ली राम र सन्ता माया नेउपाने निर्वाचित हुनुभएको छ। उहाँहरूको सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु। त्यसैगरी, निर्वाचन क्षेत्र नं. १ को सभापतिमा कमल गौतम, क्षेत्र नं. २ मा गोपाल कटुवाल, क्षेत्र नं. ३ मा कमल बनियाँ, क्षेत्र नं. ४ मा लीला बस्नेत घिमिरे तथा क्षेत्र नं. ५ मा विवेक पाठक निर्वाचित हुनुभएकोमा पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। नयाँ नेतृत्वले पार्टी संगठनलाई अझ सुदृढ, गतिशील र जनमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु।