
२०२६ जुन ९·135 पटक पढियो
रास्वपा बागमती सभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश सभापति पदका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हेटौंडामा सुरु भएको पहिलो अधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि मतदान प्रक्रिया सुरू गर्न लागिएको हो । सभापतिमा निर्वाचित हुन उम्मेदवारले कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ । Source: onlinekhabar