गण्डकी प्रदेशमा महाधिवेशनको निर्वाचन आज
सूचना राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश प्रथम प्रदेश अधिवेशन, पोखरा संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशनअन्तर्गत प्रदेश कार्यसमितिको निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्न संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। सम्बन्धित सम्पूर्ण अधिवेशन प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालाहरूलाई तोकिएको समयसीमा र निर्वाचन प्रक्रियाको पालना गर्न हार्दिक अनुरोध गरिन्छ। 📅 मुख्य कार्यक्रमहरू: ✅ जेठ २८ गते — मतदाता नामावली प्रकाशन ✅ जेठ २९ गते बिहान — उम्मेदवारी मनोनयन तथा नामावली संशोधन ✅ जेठ २९ गते दिउँसो — अन्तिम उम्मेदवार नामावली प्रकाशन ✅ जेठ २९ गते — चुनावी प्रचार–प्रसार, मौन अवधि र पहिलो चरणको मतदान 🗳️ पहिलो चरणको मतगणना पश्चात दोस्रो चरणको मतदान कार्यक्रम सार्वजनिक गरिनेछ।